Main News

नेताहरुको जीवन शैलीप्रति माओवादी केन्द्रीय समिति बैठकमा उठ्यो प्रश्न

हिमालय टिभी
२०८० साउन २० गते १३:१६
नेताहरुको जीवन शैलीप्रति माओवादी केन्द्रीय समिति बैठकमा उठ्यो प्रश्न

२० साउन २०८० काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी छ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ ।

मंसिरमा तय भएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीलगायतका विषयमा छलफल भइरहेको छ । माओवादीमा २२ जना महिला सदस्य केन्द्रीय कमिटीको आकार ४०७ सदस्यीय पुगेको छ।

बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी र प्रदेश पदाधिकारी गरी ७५० भन्दा बढी सहभागी छन्। केन्द्रीय सदस्यले उठाएका विषयमा अध्यक्ष प्रचण्डले जवाफ दिएपछि भोलि बैठक सक्ने तयारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *