भारतको उत्तराखण्डमा होटल पहिरोमा पुरिँदा १७ जना नेपाली बेपत्ता

१९ साउन २०८० नयाँ दिल्ली । भारतको उत्तरखण्डमा होटल पहिरोमा पुरिँदा १७ जना नेपाली बेपत्ता भएका छन् ।
केदारनाथ प्रवेश गर्ने सडक खण्डको रूद्रप्रयागमा पहिरोले होटल बगाउँदा जुम्ला र हुम्लाका १० जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उहाँका छोरा लालबहादुर कामी, सुखरा रावत र उहाँका छोरा जोरा रावत रहेको बताईएको छ । हुम्लाका वीरबहादुरले गौरीकुण्डमा सञ्चालन गरेको होटल पहिराले बगाएको छ ।
पहिरोमा परेर होटल सञ्चालक वीरबहादुर, उहँकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर बेपत्ता भएको प्रहरीले जनाएको छ । वीरबहादुरकै होटलमा खाना खान गएका धर्मराज बुढा र छोरा मानबहादुर बुढा पनि वेपत्ता हुनुभएको छ ।
यसैगरी अमर बोहरा, उहाँका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीहरु राधिका र पिंकी पनि बेपत्ता भएको उत्तराखण्ड प्रहरीले जनाएको छ । उहाँहरुको ठेगाना खुलेको छैन । त्यस क्षेत्रमा भारी वर्षा भईरहेकाले उद्दार तथा खोजीमा कठिनाई भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
प्रतिक्रिया