Main News

आँखा पाक्ने बिरामीको संख्या बढ्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन १९ गते १५:०३
आँखा पाक्ने बिरामीको संख्या बढ्दै (भिडियो रिपोर्टसहित)

१९ साउन २०८० काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा आँखा पाक्ने समस्या भएका बिरामीको संख्या बढेको छ ।

काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको हो ।

तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा।सृजना अधिकारीले आँखा पाक्ने समस्या लिएर अस्पतालमा दैनिक एक सय जनासम्म आउने गरेको जानकारी दिनुभयो । उहाँले भाइरल इन्फेक्सन र ब्याक्टेरीयाको कारणले आँखा पाक्ने समस्या देखिने गरेको बताउनुभयो ।

आँखाको नानी विशेषज्ञ डा।लिना बज्राचार्यले भाइरसको कारणले गर्दा इन्फेक्सन भए आँखा पाक्ने समस्या आउने बताउनु भयो । उहाँले आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्ने र यो एकदम फैलिने बताउनुभयो ।

आँखा रोग विशेषज्ञहरुले आँखा पाकिहाले नजिकको आँखा केन्द्रमा गएर चिकित्सकको परामर्श लिएर मात्रै औषधिको प्रयोग गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *