Main News

पहिरोमा पुरिँदा बालकको मृत्यु, तीन जना अझैं बेपत्ता

हिमालय टिभी
२०८० साउन १९ गते १३:११
पहिरोमा पुरिँदा बालकको मृत्यु, तीन जना अझैं बेपत्ता

१८ साउन २०८० दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका(७ टोपाटारमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३ वर्षीय बालक प्रिन्स थामी रहेको वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिनुभयो । पहिरोमा परेका तीन
जना अझै बेपत्ता छन् ।

बेपत्ता हुनेमा गौरीशंकर गाउँपालिका(७ मार्वु टोपाटारका कृष्ण मगर, उनकी श्रीमती देव मगर र हरिलाल श्रेष्ठ बेपत्ता छन् । भीषण वर्षापछि गौरीशंकर ७ र ८ मा ३२ भन्दा बढी घरमा क्षति पुगेको छ । पहिरोले विद्युत्‌का पोलहरू बगाएको छ ।

यस्तै टोपाटार पारी गौरीशंकर गाउँपालिका( ८ खारेको सल्लेमा २ घर पहिरोले पुरेको छ । २० भन्दा बढी घर पहिरोको जोखिममा परेपछि स्थानीयले घर छाडेका छन् ।

सल्ले पुग्ने घट्टेखोलाको झोलुङ्गे पुलमा समेत बाढीले क्षति पुर्‍याएका कारण उद्धारमा कठिनाइ भएको छ । उद्धार लागि सुरक्षाकर्मी वैकल्पिक बाटो भएर पहिरो गएका क्षेत्रमा गएपनि पुग्न भने सकेका छैनन् । यसअघि तीन जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *