Main News

एक क्विन्टल सुन तस्करी प्रकरण : छानबिनको जिम्मा सीआइबीलाई

हिमालय टिभी
२०८० साउन १९ गते १३:०८
एक क्विन्टल सुन तस्करी प्रकरण : छानबिनको जिम्मा सीआइबीलाई

१८ साउन २०८० काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको नेतृत्वमा हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्रीहरु पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठसहित प्रहरीका उच्चअधिकारीहरुसँगको छलफलपछि सीआइबीलाई अनुसन्धान गर्न निर्देशन दिनुभएको हो । सिंहदरवारमा भएको छलफलमा प्रहरी प्रमुख बसन्त कुँवर, सीआइबी प्रमुख किरण बज्राचार्यलाई आवश्यक कारवाही अघि बढाउन निर्देशन दिइएको हो ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर सिनामंगल आइपुग्दा राजश्व अनुसन्धान विभागको टोलीले एक सय किलो सुन बरामद गरेको थियो ।

हङकङ हुँदै त्रिभुवन विमानस्थल भन्सार छलेर भित्र्याइएको १०० किलो सुन राजस्व अनुसन्धानले बरामद गरेर अनुसन्धान अघि बढाइरहेको अवस्थामा अब त्यसको नेतृत्वको सीआईबीको हातमा जाने भएको हो।

अब सीआइबीले राजस्व अनुसन्धान विभागसँग समन्वय गरेर अनुसन्धान अघि बढाउने छ । यो प्रकरणमा नेपालीसहित सुन तस्करीमा मुछिएका चिनियाँ नागरिकसमेत पक्राउ परेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *