Main News

जङ्गली च्याउँ खाँदा दुई जनाको मृत्यु

हिमालय टिभी
२०८० साउन १० गते १४:४७
जङ्गली च्याउँ खाँदा दुई जनाको मृत्यु

१० साउन २०८० नवलपुर । जङ्गली च्याउँ खाँदा नवलपरासी बर्दघाट सुस्तापूर्वको बौदिकाली गाउँपालिका–६ का दुई जनाको मृत्यु भएको छ।

जङ्गली च्याउँ खाएर बिरामी परेका बौदिकाली–६ माझडाँडाका ९९ वर्षीया लिला आले र ६६ वर्षीया उमाकुमारी आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

उनीहरूले साउन ५ गते स्थानीय जङ्गलबाट च्याउँ लिएर खाएका थिए । च्याउँ खाएपछि पाँच जना बिरामी भएका थिए ।

एसपी तिवारीका अनुसार बिरामी भएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *