Main News

सुन तस्करी प्रकरणः रास्वपाले दर्ता गरायो सार्वजनिक महत्वको प्रस्ताव

हिमालय टिभी
२०८० साउन १० गते १४:३४
सुन तस्करी प्रकरणः रास्वपाले दर्ता गरायो सार्वजनिक महत्वको प्रस्ताव

१० साउन २०८० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करीको विषयलाई लिएर संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।

रास्वपा संसदीय दलका नेता रवि लामिछानेसहित पार्टीका अन्य सांसदले नेपाल सुन तस्करीको हब बन्दै गएकोमा सरकारको जवाफ माग्दै संसदमा प्रस्ताव दर्ता गरेको हो ।

प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने र संसदमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ । सुन तस्करीको विषयमा सरकारलाई संवेदनशील बन्नका लागि घच्घच्याउन खोजिएको रास्वपाले जनाएको छ ।

यस्तै, यस विषयमा गृहमन्त्रीको राजीनामा नमाग्ने रास्वपाले दावी गरेको छ । प्रस्तावमा एक सय क्वीन्टल सुन तस्करीको घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको प्रभावकारितामाथि प्रश्न उठाइएको छ ।

रास्वपाले यति ठूलो मात्राको सुन कसरी पत्ता नलागी भन्सार जाँचपास भयो भन्ने विषयमा अनुसन्धान गर्न पनि माग गरेको छ । यही विषयलाई लिएर एमालेले सदन अवरोध गरे त्यसमा साथ नदिने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *