Main News
सुन तस्करीमा सरकारकै संरक्षण रहेको एमाले संसदीय दलको ठहर
२०८० साउन १० गते १४:३२

१० साउन २०८० काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको करिब सय किलो सुनबारे सरकारसँग जवाफ माग्ने भएको छ ।
आज बसेको संसदीय दलको बैठकले उक्त प्रकरणबारे आफ्ना धारणा संसद्मा राख्ने र सरकारको जवाफ माग्ने निर्णय गरेको हो । बैठकले गृहमन्त्रीको संलग्नताबिना ठूलो परिमाणको सुन ल्याउन सम्भव नभएको निष्कर्ष निकालेको छ ।
गठबन्धन सरकारका मन्त्री र सरकारमै रहेका दलका नेताहरूको संलग्नताबिना सुन पास गराउन असम्भव भएको भन्दै छानबिन समिति बनाउन संसदमा आवाज उठाउने निर्णय भएको एमाले सांसद रघुजी पन्तले जानकारी दिनुभयो ।
सुन तस्करीमा आफूहरूलाई मुछेको भन्दै एमालेले असन्तुष्टि व्यक्त गर्दै आएको छ । सदनमा सरकारले दिने जवाफपछि थप कदम चाल्ने एमालेले जनाएको छ ।
प्रतिक्रिया