Main News

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आज पनि सुनुवाइ

हिमालय टिभी
२०८० साउन १० गते ९:२४
कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आज पनि सुनुवाइ

१० साउन २०८० काठमाडौं । कोशी प्रदेशमा सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज पनि सुनुवाइ हुँदैछ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा हिजो बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

हिजो रिट निवेदक हिक्मतकुमार कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, टीकाराम भट्टराई, बद्रिबहादुर कार्की लगायतले बहस गर्नुभएको थियो । सरकारको तर्फबाट भने महान्यायाधिवक्ता दीनमणि पोखरेलसहित सरकारी वकिलले बहस गर्नुभयो ।

अन्य प्रतिवादीको तर्फबाट बहस बाँकी रहेकाले आज पनि सुनुवाइ हुनेछ । बहस सकेर आजै आदेश सुनाउने सर्वोच्चको तयारी छ ।

न्यायाधीशद्वय सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार रिटमाथिको सुनुवाइ पूर्ण इजलासबाट हुने आदेश दिएको थियो ।

मुख्यमन्त्री नियुक्ति प्रक्रिया संवैधानिक भएको भन्दै असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट निवेदन दायर गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *