Main News

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै

हिमालय टिभी
२०८० साउन १० गते ९:२०
कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै

१० साउन २०८० काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज सकिँदैछ ।

दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सभापति शेरबहादुर देउवाले जवाफ दिने तयारी छ।

केन्द्रीय समितिको बैठकले गर्ने निर्णयलाई अन्तिम टुंगो लगाउन बिहान ११ बजे पदाधिकारीको बैठक बस्दै छ ।

यसअघि हिजो पनि सभापति देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले निर्णयको मस्यौदा तयार पार्ने जिम्मा दिएको थियो । पदाधिकारी बैठकमा मस्यौदा पेश हुनेछ ।

त्यसपछि सभापति र महामन्त्रीद्वयले निर्णयको मस्यौदालाई अन्तिम रुप दिएर अनुमोदनका लागि केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्नेछन् । कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गते शुरु भएको थियो ।

बैठकमा महामन्त्रीद्वय विश्व प्रकाश शर्मा र गगन थापाले पार्टीको एक वर्षे कार्ययोजना प्रस्तुत गरेका थिए । केन्द्रीय सदस्यहरुले समसामयिक राजनीतिका साथै कार्ययोजनामा विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।

केन्द्रीय सदस्यहरुको सुझावको आधारमा आजको बैठकमा महामन्त्रीले संशोधित कार्ययोजना पनि पेश गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *