कांग्रेसको चियापान कार्यक्रममा देउवाले चिया खल्लो भयो भनेपछि… (भिडियो रिपोर्टसहित)

९ साउन २०८० काठमाडौं । नयाँ दललाई चुनौति ठानेको कांग्रेस केन्द्रीय समिति बैठकले रुपान्तरणमा बहस गर्लाभन्ने अपेक्षा थियो । पहिलोपटक प्रत्यक्ष प्रसारण गरिएको केन्द्रीय समिति बैठकमा घोचपेचले राम्रै प्राथमिकता पायो ।
बैठक सकिनै लाग्दा पूर्वमहामन्त्री शशांक कोइरालाले केन्द्रीय सदस्यहरुबीचको हार्दिकता बढाउन चियापान कार्यक्रम राख्नुभयो । कार्यक्रममा चिया खल्लो भयो भन्ने सभापति शेरबहादुर देउवाको प्रतिक्रिया निकै रोचक बन्यो ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले केन्द्रीय समिति बैठकमा भाग लिन आएका केन्द्रीय सदस्यका लागि चियापान आयोजना गर्नुभयो । चियापानका दृश्य रोचक थियो ।
नौ बजे बोलाइएको चियापान १० बजेमात्र सुरु भयो । कार्यक्रम सुरु हुनुअघि केन्द्रीय सदस्य, सांसद, बागमती प्रदेशका सांसद, कांग्रेस कार्यकर्ताहरुको चहलपहल देखियो । ढिलोगरी सभापति शेरबहादुर देउवासहितका नेताहरु आउनेक्रम सुरुभयो ।
चियापान कार्यक्रमको हल भरिभराउ थियो । सभापति देउवा र शशांक कोइरालाका कुरा सुन्नका लागि हलमा भएका मानिस तमतयार थिए । तर बोल्को लागि कोही अग्रसर भएनन् ।
चियापान कार्यक्रम आयोजनाबारे पूर्वमहामन्त्री कोइरालाले प्रकाश पार्ने अपेक्षा थियो । सुरुमा उहाँ बोल्न तयार हुनुभएन पछि बल्ल बोल्न थाल्नुभयो ।
उहाँले बोली सकेपछि अब को बोल्दै छ भन्ने अतोपतो थिएन । एक–अर्काको मुख हेराहेरको अवस्था रह्यो ।
पछि सभापति शेरबहादुर देउवालाई बोल्न लगाइयो तर बोल्न मान्नुभएन ।
जर्बरजस्ती माइक दिइएपछि सभापति देउवाले माईक समातेर चिया त खोलो भयो नि भन्दै उठेर हिड्नुभयो । हलमा भएका सबैजना अच्चमित थिए भने केही हाँस्दै थिए ।
हामीले पछि शशांक कोइरालालाई सोध्यौँ। सभापति देउवा त चिया त खल्लो भयो भन्नेर हिड्नुभयो नि यसको संकेत के थियो । कोइरालाको जवाफ यस्तो थियो ।
पार्टीकै चियापान त थिएन, तर पनि पूर्वमहामन्त्रीको चियापानमा राजनीतिक कुरा हुने अपेक्षा राखेको सहभागीहरुले बताएका थिए । तर, खासै राजनीतिक कुराकानी भएन । कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय बुधबार सुनाइदैछ ।
प्रतिक्रिया