एमाले अध्यक्ष ओली र चिनियाँ नेता युआन च्या च्युनबीच भेटवार्ता (भिडियो रिपोर्टसहित)

९ साउन २०८० काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी सिपीसीका नेता युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।
ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा भएको भेटमा दुई मुलुकबीचको सम्बन्धलाई अझ बलियो बनाएर लैजाने विषयमा छलफल भएको हो। भेटमा अध्यक्ष ओलीले नेपाल अहिले विकासको प्रयासमा रहेकाले चीन सरकारको अपेक्षित सहयोग महत्वपूर्ण हुने धारणा राख्नु भएको भयो ।
नेता युआनले नेपाल र नेपाली जनताको विकासको सन्दर्भमा सक्दो सहयोग गर्न चीन सरकार तत्पर रहेको बताउनुभएको एमाले विदेश विभाग सदस्य गोपाल खनालले जानकारी दिनु भयो ।
श्रीलंकाको भ्रमण पूरागरी गत आइतबार नेपाल आएका नेता युआनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भने अर्चुअल संवाद गर्नु भएको थियो । इटली भ्रमणमा रहेका प्रधानमन्त्रीसँग उहाँको भर्चुअल संवाद भएको थियो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नु भएको थियो ।
त्यसैगरी नेता युआनले कार्यबहाक प्रधानमन्त्री पूर्णबहादुर खड्का, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितका माओवादी केन्द्रका पदाधिकारी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेलगायतसँग भेट गरी दुई मुलुकबीचको सम्बन्धबारे चासोपूर्वक छलफल गर्नु भएको थियो ।
प्रतिक्रिया