Main News

सार्वजनिक स्थलमा धार्मिक अनुष्ठान गर्न काठमाडौं महानगरको रोक

हिमालय टिभी
२०८० साउन ९ गते १३:२०
सार्वजनिक स्थलमा धार्मिक अनुष्ठान गर्न काठमाडौं महानगरको रोक

९ साउन २०८० काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति नलिइ सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठान रोकेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेको प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सवमा काठमाडौं महानगरपालिकाले अवरोध गरेको हो ।

स्थानीयले साउन १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन् । महानगरपालिकासँग अनुमति नलिइ अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले अनुष्ठान बन्द गर्न आग्रह गरेको हो ।

पार्कमा हिड्न नपाएको भन्ने जनगुनासो आएको र वडाको स्वीकृती समेत नलिइ गरिएको भन्दै नगरप्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृति लिएर मात्रै गर्न आग्रह गर्नुभयो । उहाँले यस्ता कार्यक्रम धार्मिकस्थलमा मात्रै गर्न अनुरोध गर्नुभयो । स्थानीयले भने धार्मिकस्थल मै महोत्सव गरेको दाबी गरेका छन ।

नगरप्रहरी र स्थानीयबीच केहीबेर भनाभन समेत भएको थियो । आफूहरुले लिखित रुपमा अनुमति लिएर भए पनि अनुष्ठान सञ्चालन गर्ने तर नरोक्ने स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *