Main News
अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो
२०८० साउन ९ गते १३:१७

९ साउन २०८० काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ।
सवारीसाधन दुईतर्फी नै सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको थियो। केही वर्ष जोखिम घटेको नारायणगढ–मुग्लिन सडकमा पछिल्लो समय समस्या फेरि बढेको छ ।
पहिरोका कारण पटक पटक सडकखण्ड अवरुद्ध हुने गरेको छ । यसअघि पहिरो रोकथामको कामपछि झण्डै ३० ठाउँको पहिरो नियन्त्रण भए पनि पछिल्ला वर्ष नयाँ ठाउँमा पहिरो जान थालेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्छन् ।
प्रतिक्रिया