Main News

भारी वर्षाका कारण नदीहरुको जलस्तर बढ्यो, सतर्कता अपनाउन सुझाव

हिमालय टिभी
२०८० साउन ९ गते १३:१५
भारी वर्षाका कारण नदीहरुको जलस्तर बढ्यो, सतर्कता अपनाउन सुझाव

९ साउन २०८० काठमाडौं । विभिन्न स्थानमा भारी वर्षाका कारण नदीको जलस्तर बढेको छ ।

नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका स्थानमा लगातार वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुटबल तिनाउ नदीको जल सतहले खतराको तह पार गरेको छ ।

तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको उद्धार गरिएको छ । बुटवल ११ मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मीनबहादुर गाहा र दानव नदीमा फसेका बुटवल १४ कैलाशनगरका जनक घर्तीलाई सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयको प्रयासमा शकुसल उद्धार गरिएको हो ।

तिनाउमा नदीको सतह बढेकाले दाउरा टिप्ने, माछा मार्ने वा खोला हेर्ने उद्देश्यले बाढीको जोखिम भएको ठाउँमा नजान बुटवल उपमहानगरपालिकाले अनुरोध गरेको छ ।

नदी किनारमा विपद्को टोली र नगर प्रहरी खटाएर माईकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

यस्तै, भारी वर्षाका कारण पश्चिम राप्ती नदीमा बाढी आएको छ । यसैगरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पनि भारी वर्षा भएको छ । वर्षाका कारण विनयी लगायत साना खोलाहरूको बहाव बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *