Main News

कोशी सरकारको वैधानिकतासम्बन्धी मुद्दामा सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ

हिमालय टिभी
२०८० साउन ९ गते १३:१२
कोशी सरकारको वैधानिकतासम्बन्धी मुद्दामा सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ

९ साउन २०८० काठमाडौं । कोशी प्रदेशमा उद्धव थापा नेतृत्वको सरकार गठनविरुद्ध परेको मुद्दामा सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ भैरहेको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा पेसी तोकिएको छ । सभामुख बाबुराम गौतमको समेत मतमा थापा मुख्यमन्त्री नियुक्त भएपछि पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले त्यो प्रक्रियाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्नु भएको थियो ।

हिजो न्यायाधीशहरु सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा जटिल कानुनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरुपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

तत्कालीन मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएपछि कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आहृवान गर्नुभएको थियो ।

असार २९ गते कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । प्रदेश प्रमुख खापुङले सोही दिन थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

त्यसपछि एमाले संसदीय दलका नेता कार्कीले सभामुखको समर्थनबाट सरकार गठन हुनु गैरकानुनी भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *