Main News

हिन्दु राष्ट्रका लागि माओवादीमा खेल्दै मोदी, किन बाक्लियो भाजपासँगको सम्बन्ध ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन ८ गते २०:३६
हिन्दु राष्ट्रका लागि माओवादीमा खेल्दै मोदी, किन बाक्लियो भाजपासँगको सम्बन्ध ? (भिडियो रिपोर्टसहित)

८ साउन २०८० काठमाडौं । भारतीय जनता पार्टीको ‘भाजपालाई चिन्नुस् अभियान’ अन्तरगत नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको पाँच सदस्यीय टोली भारतमा छ ।

भारतको केन्द्रीय सत्तामा १० वर्षदेखि राज गरिरहेको भाजपा नेपालमा माओवादी केन्द्रसँग सम्बन्धसँगै धार्मिक गतिविधि पनि बढाउने रणनीतिमा छ । सन् २०२४ को संसदीय चुनाव अघि नेपालमा हिन्दु राज्यको मुद्दालाई चर्काउने रणनीतिमा देखिएको भारतीय संस्थापनले कतै माओवादीलाई नेपालमा प्रयोगको नीति लिएको त होइन रु चासोको विषय पनि बनेको छ ।

भारतीय जनता पार्टी बिजेपीको निमन्त्रणामा नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सचिव चक्रपाणि खनालसहित नेताहरु रामेश्वरराय यादव, सत्या पहाडी र सुरेश राई सहभागी पाँच सदस्यीय टोली अहिले भारत भ्रमणमा छ । यो टोलीले भाजपाले चलाएको ‘भाजपालाई चिन्नुस्’ अभियानमा सहभागी हुन गएको हो ।

गामी निर्वाचन लक्षित भाजपाको अभियानमा भलै माओवादीले भाइचारा बढाउन भ्रमण भएको दावी गरेपनि यो अभियानमा बिजेपीले धार्मिक यात्रा गर्दै छ । यसमा माओवादीको सहभागिता गराइनु अर्थपूर्ण मानिएको छ । भाजपालाई चिन्नुस् कार्यक्रमका साथै अन्य राजनीति भेटघाट पनि तय भइसकेको छ ।

भारतीय जनता पार्टीको नेतृत्व गरिरहेका जेपी नड्डा र प्रधानमन्त्री नरेन्द्र मोदी उग्र हिन्दुवादी नेता हुन् । नेपालमा हिन्दु राज्य बनाउने योजनामा रहेको बिजेपी माओवादीलाई नै हतियार बनाउन अग्रसर देखिएको छ, कारण माओवादी सशस्त्र द्वन्द्वकै उपज हो धर्म निरपेक्षता । माओवादीका नेताहरु भने यो भ्रमण दुई देशबीचको र दुई पार्टीबीचको सम्बन्ध सुधारका लागि महत्वपूर्ण हुने बताउँछन् ।

गत जेठ १७ देखि २० सम्म भएको प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमण यता विजेपीले माओवादीसँगको सम्बन्ध सुधारलाई विशेष महत्व दिएको छ । भारतीय पक्ष नेपालको प्रधानमन्त्रीलाई देखिने गरी अप्ठ्यारो नपरोस् भन्नेमा शतर्क भएको अवस्थामा प्रधानमन्त्री प्रचण्डले पनि भारतको मुख्य चासो सम्बोधन गर्न हतारिएको तथ्य छ ।

प्रचण्डले इन्दोरको महांकालेश्वर मन्दिरमा ठूलो जोखिम उठाएर गेरुबस्त्र लगाएपछि भारत नेपालमा के चाहन्छ भन्ने प्रष्ट भएको दाबी गर्नेहरु पनि छन् । महांकालेश्वरको दोस्रो श्रृंखलामा माओवादी नेता दिल्ली पुगेको राप्रपाको दाबी छ ।

दश वर्ष सशस्त्र विद्रोह गरेको कम्युनिष्ट नेताको पृष्ठभूमिका कारणले पनि प्रचण्डलाई गेरुवस्त्रमा पुजा गर्नु सहज थिएन । अझ यस अघिका दुइ कार्यकालमा प्रधानमन्त्री बन्दा दशैंको टिका समेत नलगाएका धर्म निरपेक्ष देशका प्रधानमन्त्रीले भारत गएर गेरुबस्त्र लगाएको भन्दै प्रचण्डको चर्को आलोचना नै भयो । तर हिन्दू धर्मलाई राजनीतिक एजेण्डा बनाइरहेको भाजपाको प्रस्ताव र स्वार्थ सम्बोधन गर्न प्रचण्डले धार्मिक यात्रा गर्ने जोखिम उठाएको निश्चित छ । तर माओवादी नेताहरु धार्मिक एजेण्डा बोकेको रुपमा हेर्न नहुने बताउँछन् ।

भाजपा अध्यक्ष नड्डाकै निमन्त्रणामा प्रचण्डले गत वर्ष असार ३१ देखि साउन १ सम्म दिल्ली जानुभएको थियो । माओवादीबाटै हिन्दु राष्ट्र नेपाल बनाउने मोदीको नीति छताछुल्ल हुँदै गर्दा प्रधानमन्त्रीको कुर्ची बचाउनकै लागि प्रचण्डले माओवादीलाई प्रयोग गर्ने अवस्था देखिएको छ । र वर्तमान गठबन्धनका काङ्ग्रेसमा पनि हिन्दु राष्ट्रबारे मत बलियो हुँदै जानु र विपक्षी राप्रपाको निरन्तर सडक र सदनमा गञ्जाइरहेको आवाजले पनि यो अभियान अब नेपालमा बढ्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *