Main News

काठमाडौंका ठूला अस्पतालका औषधि पसलमा म्याद सकिएका औषधि (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन ८ गते १८:०१
काठमाडौंका ठूला अस्पतालका औषधि पसलमा म्याद सकिएका औषधि (भिडियो रिपोर्टसहित)

८ साउन २०८० काठमाडौं । काठमाडौंका ठूला अस्पतालका औषधि पसलमा म्याद सकिएका र सरकारी निकायमा दर्ता नै नभएका औषधि बिक्री गरेको पाइएको छ ।

२० वटा समूह बनाएर स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका औषधि पसलको अनुगमन गर्दा औषधि पसलहरु मापदण्ड विपरीत सञ्चालन भएको पाइएको हो ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिहरु पनि औषधि पसलहरुले बिक्रीका लागि राखेको भेटिएको बताउनुभयो ।

अनुगमनका क्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले औषधि क्षेत्रमा विकृति आएको गुनासो प्राप्त भएपछि अनुगमन गरेको बताउनु भयो ।

फार्मासिस्ट भन्दा फार्मेसीहरु झन्डै तेब्बर रुपमा सञ्चालन भएका कारणपनि औषधि क्षेत्रमा समस्या रहेको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *