Main News
डेङ्गु संक्रमित बढेपछि डेडिकेटेड अस्पताल सञ्चालन
२०८० साउन ८ गते १३:३७
८ साउन २०८० धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगु बिरामीको चाप बढ्दै गएपछि छुट्टै ‘डेंगु डेडिकेटेड अस्पताल’ सञ्चालनमा ल्याएको छ ।
प्रतिष्ठानको आकस्मिक कक्षमा धान्न नसकेपछि अस्पतालले आइतबारदेखि छुट्टै डेंगु अस्पताल सञ्चालनमा ल्याएको हो ।हाल ३० बेडको डेंगु अस्पताल सञ्चालनमा आएको छ ।
यसअघि कोरोना संक्रमितको उपचारका लागि बनाइएको डेडिकेटेड अस्पताललाई आइतबारदेखि डेंगु संक्रमितको उपचारका लागि सञ्चालनमा ल्याइएको हो ।
पछिल्ला दिनमा आकस्मिक कक्षमा मात्रै ७० प्रतिशत डेंगुका बिरामीले भरिन थालेका छन् । हालसम्म ४ जनाको डेंगुका कारण मृत्यु भइसकेको छ ।
प्रतिक्रिया