Main News

सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुने

हिमालय टिभी
२०८० साउन ८ गते १३:३१
सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुने

८ साउन २०८० काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुने भएको छ ।

सत्तारुढ गठबन्धनको प्रमुख घटक नागरिक उन्मुक्ति एक मन्त्री र राज्यमन्त्रीसहित सरकारमा जान लागको हो । प्रदेशसभा सदस्य तथा तत्कालीन संसदीय दलका नेता रामेश्वर चौधरीलाई भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री र सचेतक कैलाश चौधरीलाई राज्यमन्त्री बनाउने पार्टीको तयारी छ ।

गत जेठमा मुख्यमन्त्री कमलबहादुर शाहको सरकार विस्तारका क्रममा नागरिक उन्मुक्तिको भागमा कृषि मन्त्रालय परेको थियो। तर दुई पूर्ण र एक राज्यमन्त्री पाउनुपर्ने अडानका कारण उन्मुक्ति सरकारमा सामेल भएको थिएन ।

यस्तै तत्कालीन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परेर निधन भएपछि रिक्त रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालय भने कांग्रेसले आफूसँगै राख्ने भएको छ । तर कसलाई मन्त्री बनाउने भन्ने टुंगो लागेको छैन ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सत्ता गठबन्धनका नेपाली कांग्रेसका १९, माओवादीका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ जना प्रदेशसभा सदस्य छन् । त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १०, राप्रपाका १ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *