Main News

कोशी सरकारको वैधानिकताका विषयमा परेको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

हिमालय टिभी
२०८० साउन ८ गते १३:२८
कोशी सरकारको वैधानिकताका विषयमा परेको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

८ साउन २०८० काठमाडौं । कोशी प्रदेश सरकारको वैधानिकताका विषयमा परेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।

न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा हिजोका लागि तोकिएको पेशी हेर्न नमिल्ने भन्दै आजका लागि सारिएको थियो । आज न्यायाधीशद्वय शुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा मुद्दाको पेशी तोकिएको छ।

न्यायाधीद्वय माथेमा र श्रेष्ठको इजलासमा मुद्दा क्रमसंख्या अनुसार २ नम्बरमा छ । प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लले प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गर्नुभएको थियो ।

जसअनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेश गर्नु भएको छ । सभामुख बाबुराम गौतमसहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका थापाको नेतृत्वमा प्रदेश सरकार गठन भएपछि एमालेले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियो ।

निष्पक्ष रहनु पर्ने सभामुखसहितको हस्ताक्षरबाट गठन भएको सरकार असंवैधानिक भन्दै खारेज हुनु पर्ने एमालेको माग छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

मुख्यमन्त्री थापाको पक्षमा कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक जना गरी ४६ जना दलका सांसदको समर्थन छ । विपक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना नै छन् । माओवादी केन्द्रका सांसद सभामुख गौतमले मुख्यमन्त्री थापालाई समर्थन गर्नुभएको छ ।

प्रतिक्रिया

One thought on “कोशी सरकारको वैधानिकताका विषयमा परेको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

  1. सरासर यो गैर संसदिय परम्परा भित्र पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *