Main News

बजेटबिहीन स्थानीय सरकार : कति पालिकाले ल्याएनन् बजेट ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन ७ गते २०:४३
बजेटबिहीन स्थानीय सरकार : कति पालिकाले ल्याएनन् बजेट ? (भिडियो रिपोर्टसहित)

७ साउन २०८० काठमाडौं । असार १० गतेसम्म बजेट ल्याइसक्नुपर्ने कानूनी प्रावधान भएपनि ७४ वटा स्थानीय तहले अझै आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरेका छैनन् ।

अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ । यसरी बजेट पेश भएपछि मात्रै त्यसअनुसार आगामी आवमा खर्च गर्न र कर उठाउन अधिकार प्राप्त हुन्छ । तर, बजेट नल्याउनेमा सबैभन्दा बढी मधेश प्रदेशका ४६ स्थानीय तह छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म ७५३ मध्ये ६ सय ७९ स्थानीय तहले बजेट ल्याए । अर्थात् अझै ७३ वटा स्थानीय तहले बजेट ल्याएका छैनन् । यसरी बजेट नल्याउनेमा सबैभन्दा बढी मधेश प्रदेशका पालिका हुन् भने कर्णाली प्रदेशको एउटा पालिकाले मात्रै बजेट ल्याउन बाँकी छ ।

कुन प्रदेशका कति स्थानीय तहले बजेट ल्याउन बाँकी ?
कोशी प्रदेश – १०
मधेश प्रदेश – ४६
बागमती प्रदेश – ५
गण्डकी प्रदेश – २
लुम्बिनी प्रदेश –५
कर्णाली प्रदेश – १
सुदूरपश्चिम प्रदेश –४

मधेश प्रदेशमा बजेट नल्याउनेमा सबैभन्दा बढी पर्साका पालिका छन् । पर्साका ९ पालिकाले अहिलेसम्म बजेट ल्याएका छैनन् । महोत्तरीमा भने एउटा पालिकाले मात्रै बजेट ल्याउन बाँकी छ ।

बजेट नल्याएका मधेश प्रदेशको जिल्लागत विवरणः
रौतहट – ८
सप्तरी – ८
सिराहा – ६
धनुषा – ५
महोत्तरी – १
सर्लाही – ६
बारा – ३
पर्सा – ९

धेरैजस्तो स्थानमा आन्तरिक विवादमा कारण बजेट आउन नसकेको हो । बजेटमा समावेश हुने कार्यक्रमबारे गाउँ र नगरपालिकाभित्र नै कर्मचारी, मेयर, उपमेयर र वडाध्यक्ष लगायतको मत बाझिँदा सभा बस्न नसकेर बजेट पेश गर्न ढिलाइ भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी स्थानीय तहहरुमा बजेट बनाउने दक्ष कर्मचारीको अभावको पनि समस्या छ । धेरै स्थानीय तहमा बजेट कसरी तयार गर्ने भन्ने अन्योल यसवर्ष पनि देखिएको छ ।

नयाँ बजेट लागू भएको एक साता बितिसक्दा पनि बजेट विवरण पेस नगरेर ती स्थानीय तहले कानुन उल्लङ्घन गरेको मन्त्रालयको बुझाई छ । तर, मन्त्रालयले कारवाही नभई समयमा बजेट ल्याउन अभिप्रेरित गर्ने बताउँछ ।

स्थानीय तहले बजेट ल्याएपनि अझै मन्त्रालयको वेबसाइटमा प्रविष्ट नगर्दा पनि संख्या धेरै देखिएको हो । तर, यसरी बजेट नल्याउने स्थानीय तहलाई भने कारवाही गरेमा मात्रै आगामी दिनमा समयमा बजेट ल्याउन हौसिन्थे कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *