Main News

एक क्विन्टल सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ

हिमालय टिभी
२०८० साउन ७ गते १७:४२
एक क्विन्टल सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ

७ साउन २०८० काठमाडौं । एक क्विन्टल सुन तस्करीमा संलग्न भएको आशंकामा थप ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तीन जना भन्सार एजेन्ट रहेका छन् भने ३ जना विमानस्थल भन्सार कार्यालयका कर्मचारी रहेको राजस्व अनुसन्धान विभागका प्रमुख नवराज ढुंगानदे जानकारी दिनुभयो ।

विभागको विशेष टोलीले उनीहरुलाई आज पक्राउ गरेको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।

सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन् भने भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पनि आजै समातिएका हुन् ।

तस्करीमा संलग्न अन्यको खोजी र अनुसन्धान भइरहेको विभागले जनाएको छ । गत मंगलबार राति हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत १०० केजी सुन स्कुटरको ‘ब्रेक शू’ मा लुकाएर काठमाडौं ल्याइएको थियो ।

सो सुन भन्सार प्रणाालीबाट सहजै पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बरामद गरेको थियो । बरामद सुन जाँच तौलको लागि केन्द्रीय बैंकको टक्सार महाशाखामा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *