Main News

मोटरसाइकल र पिकअप ठोक्किँदा तीन जनाको मृत्यु

हिमालय टिभी
२०८० साउन ६ गते १३:२७
मोटरसाइकल र पिकअप ठोक्किँदा तीन जनाको मृत्यु

६ साउन २०८० सुनसरी । सुनसरीको इटहरीमा मोटरसाइकल र पिकअप ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते छन् ।

दुर्घटनामा इटहरी– १६ का २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी र २६ वर्षीय करण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका प्रेमलाल चौधरीको उपचार भइरहेको छ।​ गएराति पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

पिकअप चालक भारत दार्जीलिङ फोडिगढी बस्ने ३२ वर्षीय गोविन्द वरमुनलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *