Main News

सुन तस्करी प्रकरणमा भन्सारका थप एक जना कर्मचारी निलम्बित

हिमालय टिभी
२०८० साउन ६ गते १३:२३
सुन तस्करी प्रकरणमा भन्सारका थप एक जना कर्मचारी निलम्बित

६ साउन २०८० काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलो सुन तस्करी प्रकरणमा भन्सारका थप एक जना कर्मचारी निलम्बित भएका छन् ।

भन्सार विभागले एक्सरेमा संलग्न अपरेटर सरोज श्रेष्ठलाई निलम्बन गरेको हो । सुन बाहिरिएको दिन एक्सरे मेसिन हेर्ने जिम्मामा श्रेष्ठ थिए । उनी यो प्रकरणमा निलम्बनमा पर्ने तेस्रो कर्मचारी हुन् ।

यसअघि भन्सार अधिकृत सन्तोष चन्दसहित दुई जना निलम्बनमा परिसकेका छन् । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन राजश्व अनुसन्धान विभागले विशेष सुराकीका आधारमा बुधबार साँझ बरामद गरेको थियो ।

बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । यस प्रकरणमा चिनियाँ नागरिकसहित १० जना पक्राउ परेका छन् ।

भन्सार कार्यालयका कर्मचारीको संलग्नताबारे छानबिन गर्न विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा टोली नै गठन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *