Main News

सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या दश पुग्यो

हिमालय टिभी
२०८० साउन ५ गते ८:४४
सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या दश पुग्यो

५ साउन २०८० काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको संख्या १० पुगेको छ ।

राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले यस प्रकरणमा हिजो साँझ थप तीन जनालाई पक्राउ गरेको हो । यससँगै चिनियाँ र भारतीय नागरिकसहित पक्राउ पर्नेको संख्या १० पुगेको छ ।

काठमाडौंका छुट्टाछुट्टै स्थानबाट उनीहरू पक्राउ परेका हुन् । यसअघि पक्राउ परेकामध्ये ६ जनाविरुद्ध अदालतबाट १० दिनको म्याद थप भइसकेको छ । हिजो साँझ थप ४ जना पक्राउ परेका थिए ।

पक्राउ परेका सबैलाई राजस्व अनुसन्धान विभागमा राखिएको छ। अहिलेसम्म सुन पठाउने बारे खुलेको छैन ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक जिक्वाङ लिङ, तिब्बती मुलका भारतीय नागरिक थिप्तेन छिरिङ, रामकुमार भुजेल, दीलिप भुजेल, हर्कराज राई, अशोक लामा, राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुष्करराज भट्ट र राजेन्द्र राई रहेका छन् । अब चिनियाँ नागरिकसहित चार जनालाई आज म्याद थप गरिने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *