Main News

बार्गेनिङको बदलियो शैली, ‘बम’ राखेर तर्साइँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन ३ गते २१:२८
बार्गेनिङको बदलियो शैली, ‘बम’ राखेर तर्साइँदै (भिडियो रिपोर्टसहित)

३ साउन २०८० काठमाडौं । व्यक्तिगत स्वार्थ पूर्ति गर्न केही मान्छे समाजलाई नै आतंकित बनाउँछन्। र, त्यस्ता व्यक्ति ढिलो–चाँडो प्रहरीको फन्दामा पनि पर्छन्।

आज काठमाडौंको सिनामंगलमा त्यस्तै भएको छ। पाँच लाख पैसाका लागि धम्क्याउँदै सुन पसल अघि शंकास्पद बस्तु राखेर आतंक मच्याएको आरोपमा रौतहटका एक व्यक्ति प्रहरीको फन्दामा परेका छन्। घटना फिल्मी शैलीको छ।

काठमाडौं सिनामंगलको तारा हल चोकमा छ, खोटाङ हलेसी ज्वेलर्स। यही ज्वेलर्स अगाडि बुधबार बिहान शंकास्पद बस्तु भेटियो। र, बिहानैदेखि यो चोक अशान्त बन्यो।

केही समयको प्रयासपछि नेपाली सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज ग-यो। बम होइन रहेछ।

यि मने विश्वकर्मा, खोटाङ हलेसी ज्वेलर्सको सञ्चालक। यिनलाई बिहानै अपरिचित व्यक्तिले फोन गरेर पाँच लाख रुपैयाँ नदिए बमले पसलै उडाइदिने धम्की दिए। पार्टीका लागि सहयोग गर्नुपर्ने र पुलिसलाई खबर गरे ज्यान नै तलमाथि हुने चेतावनी पनि दिए फोन गर्नेले।

केही छिनपछि फेरि ‘पाँच लाख जम्मा भयोरु’ पुरानै व्यक्तिले फोन गरे। र, नदिए बमले पसल उडाइदिने धम्की पनि दोहो¥याए। एकैछिनको बीचमा सात–सातपटक फोन ग¥यो धम्कीवालाले। परिवारका सदस्यसँग सल्लाह गरेर पैसा नदिने निचोडमा पुगेका विक खाना खाएर डराइ–डराइ पसल खोल्न आए। नभन्दै ताला खोल्न लाग्दा हस्तलिखित चिट भेटे।

चिटमा ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी, हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस्। तपाईंको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो। यहाँ आरडीएक्स बारुदको बम राखिएको छ। सावधान रहनुहोला’ भनेर संयोजक सफल लेखिएको थियो।

सटरको अली पर बमजस्तै लाग्ने कालो बस्तु रहेछ। धम्की दिनेले बम राखेछ भन्ने लागेपछि विकले वरपरकालाई जानकारी दिए। प्रहरीलाई खबर गरियो। पछि सेनाले जिस्पोज गर्दा मात्रै शंकास्पद बस्तु बम नभएको पुष्टि भयो।

शंकास्पद बस्तु डिस्पोज गरिरहँदा नजिकैको होटल छेउबाट प्रहरीले रौतहटका खजाञ्ची पासवानलाई पक्राउ ग¥यो। मोवाइलका आधारमा विकलाई धम्की दिने र शंकास्पद बस्तु राख्ने खजाञ्ची नै रहेको प्रहरीको प्रारम्भिक बुझाइ छ।

रोचक त के भने, शंकास्पद बस्तु डिस्पोज गर्दा पासवान निर्धक्क भीडबाट नियालिरहेका थिए। पासवान अहिले प्रहरी बृत्त गौशालाको हिरासतमा छन्। उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *