Main News

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

हिमालय टिभी
२०८० साउन ३ गते ९:३८
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

३ साउन २०८० काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

हिजो शुरु भएको बैठकमा विभिन्न प्रतिवेदन पेश भएका थिए । अब केन्द्रीय समितिका सदस्यहरूले धारणा राख्ने छन् । प्रत्येक केन्द्रीय समिति सदस्यलाई ७ मिनेटको समय उपलब्ध गराइने छ ।

हिजो महामन्त्री गगन थापाले संगठनसम्बन्धी प्रस्ताव र वार्षिक कार्यक्रमको क्यालेण्डर प्रस्तुत गर्नुभएको थियो ।

थापाले २०८० को साउनदेखि २०८१ को असार मसान्तसम्म गर्ने गतिविधि समेटिएको वार्षिक क्यालेण्डर प्रस्तावको रुपमा पेश गर्नु भएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बिहान ११ बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *