Main News

लुम्बिनीमा बढ्दो सर्पदंश, उपचारमा भेरीकै भर (भिडियो रिपोर्टसहित)

२०८० साउन १ गते १६:५५
लुम्बिनीमा बढ्दो सर्पदंश, उपचारमा भेरीकै भर (भिडियो रिपोर्टसहित)

१ साउन २०८० बाँके । वर्षासुरु भएयता सर्पदंशका घटना सबैभन्दा बढी लुम्बिनी प्रदेशमा देखिएको छ । हालसम्म १८ जनाले ज्यान गुमाइसके ।

समयमा अस्पताल नलग्दा धेरैको निधन हुने गरेको छ । गत साता मात्रै प्युठानबाट उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा भेरी अस्पतालका चिकित्सकले दुई जना बिरामीको दाङको जंगलमा उपचार गरेर ज्यान जोगाए । तर, अझै पनि धेरै उपचार नपाएर मृत्युवरण गर्न बाध्य छन् ।

गत साता दाङको बीच सडकमा उपचार गरिएका प्युठानका सर्पदंशका बिरामी निको भएर डिस्चार्ज भएका छन् । सर्पदंशमा परेर सिकिस्त अबस्थामा पुगेका प्यूठानको प्युठान नगरपालिका–१ बडा चौरका १४ बर्षीया करिना बस्नेत र उनका १० बर्षका भाइ करण बस्नेतलाई असार २५ गते भेरी अस्पतालका चिकित्सकको टोलीले दाङ पुगेर उद्दार गरेका थिए ।

उपचारमा संलग्न चिकित्सकलाई बिरामीका आफन्तले गरेको सम्मान हेर्न लायक थियो । पछिल्लो समय सर्पदंशका बिरामी बढीरहँदा डा। कृष्णप्रसाद आचार्य भगवान सावित भएका छन् ।

सर्पदंशका बिरामीले अस्पताल भरिएको छ । लुम्बिनी प्रदैशमा मात्रै बर्षा सुरु भएदेखि हालसम्म सर्पदंशबाट १८ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये १२ जना महिला र ६ जना पुरुष छन् । सर्पको टोकाइमा परेर दाङमा ७ जना, कपिलवस्तुमा ६ जना, प्युठानमा २ जनाको मृत्यु भएको छ । त्यस्तै, बाँके, बर्दिया र नवलपरासीमा एक–एक जनाको मृत्यु भएको छ ।

यो संख्या अस्पतालमा मृत्यु भएकाको मात्रै हो । अस्पताल लैजाँदा बाटोमै मृत्यु भएकाहरूको संख्या गणना नै भएको छैन । पछिल्लो समय बर्दियाको गुलरिया जिल्ला अस्पताल, बाँकेको सम्शेरगन्ज, दाङको लमही, कपिलवस्तुको गोरुसिंहेस्थित सर्पदंश उपचार केन्द्र, लुम्बिनी प्रादेशिक अस्पतालका साथै नेपालगन्जको भेरी अस्पतालमा मात्रै उपचार हुँदै आएको छ ।

मनसुन सक्रिय हुदै जादा सर्पदंशका बिरामीको संख्या अझ बढ्न सक्ने देखिएको छ । तराईका जिल्लामा सर्पदंशको टोकाइबाट मृत्यु हुनेको संख्या कुनै महामारी जत्तिकै हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *