Main News

सशुल्क प्रशारण हुने विदेशी टेलिभिजन च्यानल बन्द

हिमालय टिभी
२०८० साउन १ गते १६:११
सशुल्क प्रशारण हुने विदेशी टेलिभिजन च्यानल बन्द

१ साउन २०८० काठमाडौं । आजदेखि सशुल्क प्रसारण हुने विदेशी टेलिभिजन च्यानल बन्द भएको छ ।

आला कार्ट शुल्क प्रणालीका लागि च्यानलहरुको प्याकेजहरु उपलब्ध नगराएकाले सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रशारण विभागले जनाएको छ ।

उपभोक्ताले जति च्यानल हेर्छन् त्यति नै बापतको शुल्क मात्र लगाउन पाउने व्यवस्था गरे पनि वितरकले कार्यान्वयन गर्न अस्वीकार गर्दै आएका छन् ।

भारतीय च्यानलहरुको छाता संगठन इण्डियन ब्रोडकास्टिङ एण्ड डिजिटल फाउन्डेसनले विभागलाई पत्राचार गर्दै च्यानलहरुको मूल्य तोक्ने र प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने जानकारी गराएको छ ।

उपभोक्ताले आफूले हेर्न चाहेको च्यानलको मात्र शुल्क तिर्ने प्रणाली नै आला कार्ट हो । हाल आधारभूत प्याकेजका लागि २५० रुपैयाँ मासिक तिर्नुपर्दछ ।

सशुल्क च्यानलसमेत थपिँदा अधिकतम पाँच सय रुपैयाँ मासिक तिर्दै आएका छन् । मन्त्रालयले २०७९ सालमै आला कार्ट प्रणाली लागु गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *