Main News

सार्वजनिक यातायातको भाडा घट्यो

हिमालय टिभी
२०८० साउन १ गते १५:५६
सार्वजनिक यातायातको भाडा घट्यो

१ साउन २०८० काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि सार्वजनिक यातायातको भाडा पनि घटाएको छ ।

डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेपछि त्यसको आधारमा यातायात ब्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २।१३ प्रतिशत भाडा घटाएको हो ।

मालबहाक सवारीमा पहाडमा २।७८ र तराईमा ३।०९ प्रतिशतले भाडा घटेको महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

घटेको भाडादर आजैदेखि लागू हुने र त्यसको अनुगमन यातायता ब्यवस्था कार्यालय र ट्राफिक प्रहरीले गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने वैज्ञानिक भाडादर कायम सम्बन्धी कार्यविधिको ब्यवस्था छ । त्यही कार्यविधिमा रहेर भाडा समायोजन गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *