Main News

आजदेखि करका नयाँ दर लागू हुँदै

हिमालय टिभी
२०८० साउन १ गते ७:५२
आजदेखि करका नयाँ दर लागू हुँदै

१ साउन २०८० काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष शुरु भएसँगै आयकर तथा नयाँ करहरु लागू हुँदैछन्।

जेठ १५ गते बजेट सार्वजनिक भएलगत्तै भन्सार, अन्तः शुल्क र मूल्य अभिवृद्धि कर भने लागू भइसकेका छन्। यसअघि २० लाखभन्दा माथि ३६ प्रतिशत कर लाग्ने गरेकोमा आजदेखि वार्षिक ५० लाखभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने छ।

त्यस्तै पहिलोपटक विलासिता शुल्क कार्यान्वयनमा आउने भएको छ। अब पाँचतारे होटेल वा त्यसभन्दा माथिका होटेल तथा रेस्टुरेन्टले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता शुल्क लगाइएको छ।

१० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि विलासिता शुल्क लाग्नेछ। यस्तै वैदेशिक पर्यटन शुल्क पनि आजदेखि नै लागु हुनेछ। जसअनुसार ट्राभल एजेन्सीले बिक्री गर्ने वैदेशिक भ्रमणको प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क लाग्नेछ।

वैदेशिक रोजगारीमा गएकाहरुले कम्पनीलाई तिरेको रकमको १ प्रतिशत शुल्कको व्यवस्था पनि आजैदेखि नै कार्यान्वयनमा आउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *