Main News

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै

हिमालय टिभी
२०८० साउन १ गते ७:३१
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै

१ साउन २०८० काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको संयुक्त बैठक बस्दै छ ।

केन्द्रीय समितिको बैठकका एजेण्डाबारे छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्नेछ ।

बैठकले भोलि बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेश गर्ने बताइएको छ । पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग छलफल गरेपछि भोलि बिहान दुई महामन्त्रीसँग छलफल गर्ने सभापति देउवाको तयारी छ।

कांग्रेसको केन्द्रीय समितिको बैठक गत असार २७ गते बस्ने तयारी गरिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन पछि स्थगित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *