Main News

विदेशी पर्यटकबाट हुने आयभन्दा कयाैँ गुणा बढी बाहिरिन्छ रकम (भिडियो रिपोर्टसहित)

२०८० असार ३१ गते २१:०७
विदेशी पर्यटकबाट हुने आयभन्दा कयाैँ गुणा बढी बाहिरिन्छ रकम (भिडियो रिपोर्टसहित)

३१ असार २०८० काठमाडौं । नेपालमा विदेशी मुद्रा आर्जन गर्ने वैदेशिक रोजगारी पछिको क्षेत्र हो पर्यटन। कोरोनाले थलिएको पर्यटन व्यवसाय बल्ल तंग्रिन थालेको छ।

यो वर्ष १० लाख पर्यटक नेपाल आउने अनुमान छ। पर्यटक आगमन बढे पनि उनीहरुले गर्ने खर्च भने खासै बढ्न सकेको छैन। नेपाल घुम्न आउने पर्यटकमार्फत हुने आयभन्दा नेपालबाट विदेश घुम्न र उच्च शिक्षाका लागि बाहिरिने रकम निकै धेरै छ।

–आर्थिक वर्ष २०८९–८० को ११ महिनामा भ्रमण आय ५८ अर्ब ६ करोड रुपैयाँ
–सो अवधिमा भ्रमण व्यय अर्थात् नेपालबाट बाहिरिएको रकम १ खर्ब १९ अर्ब ९९ करोड रुपैयाँ
–आर्थिक वर्ष २०७८–०८९ मा भ्रमण आय ३२ अर्ब ४५ करोड रुपैयाँ

भ्रमण व्यय ९७ अर्ब ३२ करोड रुपैयाँ
आर्थिक वर्ष २०७७–०७८ भ्रमण आय ७ अर्ब २७ करोड रुपैयाँ

भ्रमण व्यय ३२ अर्ब ८० करोड रुपैयाँ
आर्थिक वर्ष २०७७र०७८ मा कोरानाका कारण पर्यटक आय पनि निकै घटेको थियो भने विभिन्न मुलुकले प्रवेशमा पनि कडाइ गर्दा नेपालबाटसमेत ठूलो रकम बाहिरिन पाएन । तर यही अवस्थामा समेत भ्रमण आयभन्दा व्यय तीन गुणा बढी थियो ।

विदेश भ्रमणमा जाने नेपालीलाई इजाजतप्राप्त मनिचेञ्जरले अधिकतम २०० अमेरिकी डलरसम्म सटही सुविधा दिन्छ । बैँकहरुबाट राहदानी वापत सटही सुविधामा भारत बाहेक विदेश भ्रमणमा जाने नेपालीहरुलाई अमेरिकी डलर १५०० सम्म सटही सुविधा वर्षमा दुई पटकमा नबढ्ने गरी प्रदान गर्न गरिन्छ ।

घुम्ने र विदेशमा आफन्त कहाँ जानेहरु पनि पर्यटक भिसामा जाने गर्छन् । त्यसका अलवा पछिल्लो समय घुम्ने उद्धेश्यले विदेश जाने तर उतै लुकेर बस्ने प्रवृत्ति मौलाएको छ। तर त्यसरी लुकेर कति बसे भन्ने राज्यसँग कुनै तथ्यांक छैन । यसलाई नियन्त्रण गर्न पनि सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनुपर्ने जानकार बताउँछन् ।

नेपालबाट भ्रमणमा जानेको संख्या बढेपछि आर्थिक वर्ष २०८०–०८१ को मार्फत् सरकारले विदेश घुम्न जानेहरुले ५ प्रतिशत अतिरिक्त कर बुझाउने निर्णय गरेको छ । यो निर्णय कार्यान्वयनपछि वैदेशिक मुद्राको व्ययलाई न्यूनीकरण गर्न सहयोग पुग्ने सरकारको अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *