राजनीति

आफ्ना कार्यकर्ता घट्न थालेपछि नयाँ पार्टीमाथि पुरानाको आक्रोश (भिडियो रिपोर्टसहित)

२०८० असार ३१ गते २१:०३
आफ्ना कार्यकर्ता घट्न थालेपछि नयाँ पार्टीमाथि पुरानाको आक्रोश (भिडियो रिपोर्टसहित)

३१ असार २०८० काठमाडौं । गत मंसिर ४ को निर्वाचनपछि उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पुराना दलहरुले खहरे खोलाको संज्ञा दिँदै आएका छन्।

पछिल्लो समय त पार्टीका नेताले मात्र होइन आम नागरिकले पनि नयाँ दललाई पुरानै सरह देख्न थालेका छन्। वैकल्पिक शक्तिका रुपमा उदाएका नयाँ दलमाथि पुरानाहरुको कर्के नजर किन रु किनकि, नयाँले पुराना दलका कार्यकर्ता र शुभेच्छुक आकर्षित गर्न थालेका छन्।

गत मंसिरको आम निर्वाचनमा रास्वपाले प्राप्त गरेको विश्वासलाई लिएर रास्वपा नेता तथा आम नागरिकलाई पनि लागेको थियो, यही स्प्रीट कायम रहे २०८४ को निर्वाचनमा रास्वपा पहिलो बन्छ ।
तर पछिल्लो पटक रास्वपा सभापति रवि लामिछानेको यो अभिव्यक्तिमा आशा भन्दा बढी निराशा व्यक्त भएको छ ।

हुन पनि पछिल्लो समय पुराना दलहरु नै नयाँ दलप्रति वितृष्णा जगाउने कार्यमा तल्लीन छन् । यसको प्रमुख कारण नयाँ दलहरुको तीव्र विस्तार र विकास हुनु हो । गत मंसिर ४ को निर्वाचनअघि ८५ हजारको हाराहारीमा सदस्य संख्या रहेको रास्वपाको सदस्य संख्या हाल दुई लाखको हाराहारीमा पुगेको छ ।

रास्वपासंगै पहिलोपटक निर्वाचनमा होमिएको जनमत पार्टीले पनि सदस्यहरु बढाइरहेको छ । गत निर्वाचनमै ५ लाख सदस्य रहेको दाबी गर्ने उक्त पार्टीले अहिले आफ्ना सदस्य ७ लाख पुगेको दाबी गर्छ ।
एकिन तथ्यांक नराखेको नागरिक उन्मुक्ति पार्टीले पनि पश्चिम तराईका जिल्लाहरुमा ठूलो संख्यामा कार्यकर्ता थपिइरहेको दाबी गर्छ ।

यसो हुँदा ती ठूलै संख्यामा नयाँ दलमा थपिएका सदस्य अवस्य पनि पुराना दलबाटै गएका व्यक्तिहरु हुन् । आफ्ना सदस्यहरु नयाँनयाँ पार्टीमा जान थालेपछि पुराना पार्टीमा चिन्ता र आक्रोश बढ्ने नै भयो ।

नयाँ दलहरुमाथि वैचारिक स्पष्टता नभएको र पुरानै दलको सिको गरिरहेको जस्ता आरोप लागिरहेका छन् । त्यसैमाथि पुराना भनिएका दलहरुसमेत नयाँ दलका कारण खिइँदै गएपछि नेताहरुमा चिन्ता र आक्रोश दुबै बढेको हो । अब भने पुराना वा ठूला भनिएका दलबाट आफूलाई फरक र अब्बल देखाउन नयाँले कस्तो काम गर्छन् त्यसले नै उनीहरुको भविष्य फैसला गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्