Main News

विपक्षीको बहिस्कारबीच सुदूरपश्चिम प्रदेशको बजेट पारित

हिमालय टिभी
२०८० असार ३१ गते ९:२३
विपक्षीको बहिस्कारबीच सुदूरपश्चिम प्रदेशको बजेट पारित

३१ असार २०८० सुदूरपश्चिम । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिष्कारका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ ।

गएराति १० बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०र८१ को बजेटसँग सम्बन्धित विधेयकहरु बहुमतले पारित गरेको हो ।

प्रदेशसभा बैठकले आर्थिक वर्ष २०८०–८१ का लागि सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक राजश्व र व्ययको अनुमान र आर्थिक ऐन २०८० बहुमतले पारित गरेको हो ।

सत्तारुढ दलहरुले यथास्थितिमा बजेट पारित गर्न नमानेकाले ती विधेयकहरु संशोधनपछि पारित गरिएका हुन् । एमालेले भने तोकिएको समयमा बैठक सुरु नगरेको र कार्यसूचीमा नै नभएको बजेट पारित गर्ने विषय प्रवेश गराएको भन्दै बहिष्कार गरेको थियो ।

हिजो दिउँसो सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट प्रति निर्वाचन क्षेत्र ३ करोडबाट ५ करोड रुपैयाँ पुर्‍याउने, प्रदेशसभा सदस्यको बजेटमा रकम विनियोजन गर्ने लगायतका सहमति भएको थियो ।

उक्त सहमतिपछि मात्र सत्तारुढ दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले बजेट पारित गर्न तयार भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *