Main News

कञ्चनपुर : विद्युतीय उपकरण असरल्ल हुँदा जोखिममा नागरिक (भिडियो रिपोर्टसहित)

२०८० असार ३० गते १८:०८
कञ्चनपुर : विद्युतीय उपकरण असरल्ल हुँदा जोखिममा नागरिक (भिडियो रिपोर्टसहित)

३० असार २०८० कञ्चनपुर । नेपाल विद्युत प्राधिकरणले ग्राहकलाई विद्युत सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना असरल्ल छोड्दा दुर्घटनाको कारक बन्न पुगेको छ ।

वर्षौदेखि नफेरिएका ट्रान्सफर्मर, र फ्युज बाकसकै कारण अकालमै नागरिकले ज्यान गुमाउनुपरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ मा ट्रान्सफर्मरसँगै रहेको फ्युज बाकसबाट नाङ्गो तार निस्किँदा करेन्ट लाग्ने जोखिम छ । तर, बजेट नहुँदा प्राधिकरणले महेन्द्रगरमा ट्रान्मसफर्मर फेर्न सकेको छैन ।

यो टान्सफर्मरसँगैको फेदमा रहेको फ्युज बाकसलाई ध्यान दिएर हेर्नुहोस् त । यो बाकसमा नाङ्गो तार लत्रिएको छ । यसको उचाई एक फिट पनि छैन । यही बाटो हुँदै दिनहुँ सर्वसाधारण ओहोरदोहोर गर्दछन् । आसपासमा घर पनि छन् । यो दृष्य हो, कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार आसपास क्षेत्रको हो ।

अव्यवस्थित विद्युतिकरणले दुर्घटनाको जोखिम बढीरहँदा पनि नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर शााखालाई कुन मतलब छैन । दिनहुँ भिडभाड भइरहने क्षेत्रमा ट्रन्सफर्मरसँगै जोडिएको विद्युत प्रवाह हुने फ्युज बाकस खुला छोड्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

गत वर्ष मात्रै यसरी नै फ्युजमा लत्रिएको नाङ्गो तारका कारण गाईको मृत्यु भएको थियो । नजिकै विद्यालय छ । विद्यार्थी यही बाटोबाट विद्यालय जान्छन् । जतिबेला पनि करेन्ट लागेर कुनै मानवीय क्षति हुने जोखिम छ । वर्षौदेखि विद्युत प्राधिकरणलाई फ्युज बाकस बन्द गर्न आग्रह गर्दा पनि बेवास्ता गरेको स्थानीयको गुनासो छ ।

यता, प्राधिकरणले भने काठका बाकस खटाएर नयाँ बाकस लगाउने काम भइरहेको दावी गरेको छ । वर्षौदेखि नफेरिएका कारण फ्युजका बाकस जीर्ण भएका छन् । तर, बजेट अभावका कारण ५ सय ट्रान्सफर्मर मधये २ सय ५० वटा मात्रै फेरिएको छ ।

बजेट नआएको भन्दै प्राधिकरण पन्छिरहेपनि यसले ठूलो दुर्घटना निम्तिन सक्छ । यदि कुनै मानवीय क्षति भएमा त्यसको जिम्मा कसले लिने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *