राजनीति

आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुन्छः महामन्त्री थापा

हिमालय टिभी
२०८० असार ३० गते १६:३३
आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुन्छः महामन्त्री थापा

३० असार २०८० मोरङ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले आवश्यक सांसद संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुने दावी गर्नुभएको छ ।

आज विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री थापाले आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुने बताउनुभएको हो ।

यसअघि नै दलको नेतामा प्रतिस्पर्धा गरेको व्यक्तिले संख्या पुगेको दिन पुनः प्रयास गर्नु स्वभाविकै भएको तर्क समेत गर्नुभयो । संसदीय दलको विधानमै नेता परिवर्तन गर्ने ठाउँ रहेको उहाँको भनाइ छ ।

संसदीय दलमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । बहुमतले दलको नेता हटाउन सकिने व्यवस्था छ । नेता शेखर कोइरालाका पक्षमा कम्तिमा ३१ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्