Main News

एमाले सदैव जनताको हितमा केन्द्रित रहन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

२०८० असार ३० गते १४:३६
एमाले सदैव जनताको हितमा केन्द्रित रहन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

३० असार २०८० काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा (एमाले) विपक्षमा रहे पनि सदैव जनताको हितमा केन्द्रित रहेकोे बताउनुभएको छ ।

एमालेको काठमाडौँ महानगर कमिटीले आज यहाँ आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले जनताको स्वार्थभन्दा माथि केही नभएकाले एमालेले त्यसबाहेक अरू केही नदेख्ने उल्लेख गर्नुभयो ।

एमालेले जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेअनुसार आज काठमाडौँ महानगर कमिटीले कालीमाटीको टङ्केश्वर क्षेत्रको विष्णुमती करिडोर टेकुमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको हो । उपाध्यक्ष पोखरेलले भण्डारीले देश बनाउने सपना देखेको भन्दै एमालेका कार्यकर्ता र नेतालाई पनि सपना देख्न सिकाएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, पूर्वप्रदेशमन्त्री रामेश्वर फुयाँल, एमाले काठमाडौँ इन्चार्ज आनन्द पोखरेल, जिल्ला अध्यक्ष दीपक निरौला, जिल्ला सचिव राजेश शाक्यलगायतको उपस्थित थियो । एमाले महानगर कमिटी अध्यक्ष निर्मल देउला र महानगर–१३ का वडाध्यक्ष ध्रुर्वनारायण मानन्धरले विरुवा रोप्ने काम सबैको जीवन र स्वास्थ्यसँग जोडिएको विषय भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *