Main News

ठूलो संख्यामा रहेकाे नेपाली सेनाको भूमिका ठेक्कापट्टा र व्यापार (भिडियो रिपोर्टसहित)

२०८० असार २९ गते २१:२१
ठूलो संख्यामा रहेकाे नेपाली सेनाको भूमिका ठेक्कापट्टा र व्यापार (भिडियो रिपोर्टसहित)

२९ असार २०८० काठमाडौं । नेपाली सेनाको संख्या आवश्यकताभन्दा बढी भएको भन्दै घटाउनु पर्ने आवाज बेलाबखत उठ्दै आएको छ।

देशमा युद्धको अवस्था नरहेको तथा सीमा सुरक्षामा सेनालाई नखटाइएको जस्ता आधार देखाउँदै सेनाको संख्या घटाउनु पर्ने कतिपयको तर्क छ । के साँच्चै नेपालमा सेनाको संख्या आवश्यकता भन्दा बढी नै भएको हो त ?

नेपाली सेनामा दरबन्दी– ९६,४७७
हाल कार्यरत सेनाको संख्या – ८१,२७७

हाल नेपाली सेनाले केही विशिष्ट व्यक्तिहरुको सुरक्षा दिइरहेको छ । साथै संवेदनशील सरकारी कार्यालय, धार्मिक तथा सांस्कृतिक स्थल तथा विमानस्थलहरुको सुरक्षामा पनि सेना प्रयोग भइरहेको छ । विपदको समयमा राहत र उद्धारमा परिचालित हुन्छ भने विभिन्न देशमा शान्ति सेनाका रुपमासमेत खट्ने गरेको छ ।

यो चाँहि सेनाको ुसाइड जबु जस्तो देखिन्छ । मुख्यगरी व्यापार र ठेक्कापट्टामा सेनाको ध्यान केन्द्रित भएको छ । आलोचकहरुले भने सीमाको रक्षा गर्नुपर्ने सेना व्यवसाय र ठेक्कापट्टामा केन्द्रित भएको भन्दै संख्या घटाउनुपर्ने जिकिर गर्छन्। बुधबार राष्ट्रिय सभामा एमाले सांसद विमला पौड्याल राईले देशमा युद्धको अवस्था नरहेको र बाह्य युद्ध भइहालेमा नेपाली सेना टिक्न नसक्ने भएकाले संख्या घटाउनुपर्ने तर्क गर्नुभयो ।

सांसदहरुको प्रश्नपछि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भने अहिले कार्यरत सेना आवश्यकता अनुसार नै भएको जानकारी दिनु भयो ।

नेपाली सेनाको संख्या घटाउनु पर्ने विषयमा बहस सुरु भएपछि पूर्व जर्नेलहरुले पनि चासो देखाएका छन् । शुक्रबार मात्रै काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सेनाको संख्या घटाउन नहुने तर्क प्रस्तुत गरे ।

माओवादी युद्धभन्दा अघि नेपाली सेनाको संख्या ५० हजारको हाराहारीमा रहेको बताइन्छ । युद्धकै क्रममा बढाएर ९० हजारभन्दा माथि पुर्‍याइएयो । यति ठूलो जनशक्ति कामविहीन सेनाको संख्या घटाउनु पर्ने आवाज सुनिन थालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *