Main News

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौंमा

हिमालय टिभी
२०८० असार २९ गते १३:५८
दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौंमा

२९ असार २०८० काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुग्नु भएको छ ।

विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आउनु भएको हो ।

उहाँले आजै ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ ।त्यसपछि अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्ने कार्यक्रम छ ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने तय भएको छ । तर भेटमा अन्य कुनै पनि राजनीतिक र कूटनीतिक विषयमा छलफल नहुने र प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति समवेदना व्यक्त गर्ने कार्यक्रम मात्रै रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री र लूबीच बेलुकी ६ बजे बालुवाटारमा नै भेट हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *