Main News

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

२०८० असार २९ गते १३:५२
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

२९ असार २०८० काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्ने भएको छ ।

कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक बस्ने पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठक तीन दिनसम्म सञ्चालन हुनेछ । आजको बैठकमा एकवर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिनेछ । यसैगरी कतिपय नेता कार्यकर्ताले पार्टीको जिम्मेवारी छाडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा समेत छलफल हुने उपाध्यक्ष पाण्डेले बताउनुभयो ।

पार्टी गठनमा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणि जङ्गलीलगायतले नेकपा (एकीकृत समाजवादी) पार्टी केही समयअघि मात्र छाड्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *