Main News

सचिवालयको कार्यसूची तय गर्न एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

२०८० असार २९ गते १३:४४
सचिवालयको कार्यसूची तय गर्न एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

२९ असार २०८० काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कार्यालयको बैठक आज बस्दै छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठकको कार्यसूची तय गर्नका लागि कार्यालयको बैठक बस्न थालेको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

बैठक दिउँसो ३ बजे पार्टी कार्यालयमा राखिएको छ । एमालेको सचिवालय बैठक शनिबार बिहान ११ बजे पार्टी मुख्यालयमा बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *