Main News

इक्यान नेतृत्वका लागि शेषराज भट्टराई समूह चुनावी मैदानमा

हिमालय टिभी
२०८० असार २९ गते ९:५८
इक्यान नेतृत्वका लागि शेषराज भट्टराई समूह चुनावी मैदानमा

२९ असार २०८० काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ नेतृत्वका लागि शेषराज भट्टराई समूह चुनावी मैदानमा उत्रिएको छ ।

शनिबार हुने इक्यान महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि भट्टराई समूह चुनावी मैदानमा उत्रिएको हो ।

भट्टराई नेतृत्वको समूहबाट उपाध्यक्षमा श्रीराम पौडेल, गीता सिवाकोटी र दयाराम थापाले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै महासचिवमा दीपकराज भुषाल, सचिवमा भवनाथ हुमागाई र रत्नबहादुर भट्टराईको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा आशिक कार्की, सहकोषाध्यक्षमा विकल्पराज पोख्रेलले उम्मेदवारी दिएका छन् ।

त्यस्तै भट्टराई समूहको कार्यसमति सदस्यका लागि सुवर्ण बस्नेत, विजयकुमार बस्नेत, रमेश लुइटेल, उमा खड्का, गोविन्द खनाल, होेमराज थापा, राजेश श्रेष्ठ, मनोरथ शाह र वसन्त पाण्डेको उम्मेदवारी परेको छ ।

भट्टराई समूहले बिहीबार एक समारोहबीच आफ्नो समूह चुनावी मैदानमा होमिएको घोषणा गरेको छ । भट्टराईको समूहका सबै उम्मेदवार अनुभवी, दक्ष र गतिशील छन् । उनीहरुले नेतृत्वमा चुनिएपछि संस्थाको गरिमालाई अझ उँचो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समारोहमा बोल्दै अध्यक्षका उम्मेदवार भट्टराईले विभिन्न नाममा सिर्जित उल्झन, व्यवधान, शंका र टिप्पणीले यो क्षेत्रमाथि प्रहर भइरहेको बताउँदै सबै समस्याहरु सामाजिक र राज्यस्तरबाट समाधान गर्ने गरी व्यवसायिक प्रतिष्ठा बढाउन सक्दो प्रयास गर्ने बताएका छन् । उनले इक्यानियनको भावनालाई आफ्नो समूहले समेटेर अघि बढ्ने भएकाले अमूल्य मत दिइ विजय गराउन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *