Main News

कर्णाली प्रदेशको बजेट बहुमतले पारित

हिमालय टिभी
२०८० असार २६ गते १६:५३
कर्णाली प्रदेशको बजेट बहुमतले पारित

२६ असार २०८० सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८०र०८१ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ ।

आज बसेको प्रदेशसभाको बैठकमा ध्वनी मतका साथ बजेट पारित गरिएको हो । प्रदेशसभमा सत्ता गठबन्धनको स्पष्ट बहुमत छ ।

सत्ता गठबन्धनको २८ र विपक्षी एमाले र राप्रपासँग १० सांसद छन् । अर्थमन्त्री वेदराज सिंहले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख रुपैयाँबराबरको बजेट ल्याउनुभएको थियो ।

चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात् २६ दशमलव ९७ प्रतिशत, बजेट विनियोजन गरिएको छ ।

यस्तै पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात् ५८ दशमलव ६५ प्रतिशत विनियोजन गरिएको छ भने स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात् १४।३८ प्रतिशत विनियोजन गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश योजना आयोग, लोक सेवा आयोग, मुख्य न्यायधिवक्ताको कार्यालयको बजेटमाथि भएको छलफलमा सांसदहरूले प्रदेश योजना आयोगको औचित्यमाथि प्रश्न उठाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *