Main News

सोलुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना, विस्तृत विवरण आउन बाँकी

हिमालय टिभी
२०८० असार २६ गते १२:५५
सोलुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना, विस्तृत विवरण आउन बाँकी

२६ असार २०८० सोलुखुम्बू । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएको छ ।

हेलिकप्टरमा पाइटल चेतबहादुर गुरुङसहित ५ जना मेक्सिकन नागरिक सवार छन् । नाइन एन एमभी कलसाइन रहेको हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले जानकारी दिनुभयो ।

लुक्ला विमानस्थलमा मौसम खराब भएकाले काठमाडौंबाट गएको हेलिकप्टर सुर्केमा अवतरण गरिएको थियो । यात्रुलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको थियो ।

हेलिकप्टर दूधकुण्ड नगरपालिका र लिखु पिके गाउँपालिकाको सीमास्थित लामाजुरा क्षेत्रसम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको थियो । प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *