Main News

पाठ्यपुस्तकमा त्रुटि नै त्रुटि, पाठ्यक्रम विकास केन्द्रको बेवास्ता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार २५ गते २१:०२
पाठ्यपुस्तकमा त्रुटि नै त्रुटि, पाठ्यक्रम विकास केन्द्रको बेवास्ता (भिडियो रिपोर्टसहित)

२५ असार २०८० काठमाडौं । किताबमा बिरालो लेखेको ठाउँमा कुकुरको चित्र रहेछ भने तपाईलाई कस्तो लाग्छ ? यस्ता सामान्य त्रुटि शिक्षकहरुले सच्चाएर पढाउँलान् । नयाँ शैक्षिक सत्रमा यीबाहेक अन्य धेरै त्रुटि सहित विद्यार्थीको हातहातमा पुस्तक पुगेका छन् । जसले गर्दा शिक्षक र विद्यार्थी हैरान छन् ।

पाठ्यक्रम तथा पाठ्यसामग्री विकास एवम् कार्यान्वयन सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सहभागी म्याग्दीको हेम माविकी शिक्षिका उमा कंडेल कक्षा १० को सामाजिक विषयमा भएको त्रृटि यसरी सुनाउनुहुन्छ ।

यसरी पाठ्यपुस्तकमा भएको त्रुटिहरुले विद्यालय, शिक्षक र विद्यार्थीहरुलाई समस्या भैरहेको छ ।

पाठ्यपुस्तकहरु पाठ्यक्रम विकास केन्द्रले स्वीकृति दिएपछि मात्रै बजारमा पुग्छ । तर पाठ्यक्रम विकास केन्द्रले स्वीकृति दिएका पुस्तकहरुमा नै तस्बिर, प्रसंग, पेज नम्बर लगायतका त्रुटि देखिएको हुन्छ । यस्तो किन भैरहेको छ ?

नयाँ शैक्षिक सत्र सुरु भएसँगै त्रुटिपूर्ण पुस्तक समेत विद्यार्थीको हातहातमा पुगिसकेको छ । विभिन्न त्रुटि भएका पुस्तकहरुलाई के गर्न सकिन्छ ?

पाठ्यक्रम शतप्रतिशत त्रुटिरहित बनाउन कठिन छ, तर त्रुटिपूर्ण नै पढाउने त ?

प्रकाशकहरु र पाठ्यक्रम विकास केन्द्र यो विषयमा गम्भीर हुनसके त्रुटिरहित पुस्तक विद्यार्थीको हातहातमा पुग्ने थियो कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *