Main News

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

२०८० असार २५ गते १३:४३
पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

२५ असार २०८० काठमाडौं । चान्द्रमासअनुसार साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

यसवर्ष अधिकमास परेकाले भक्तजनको चान्द्रमासअनुसारको पहिलो सोमबारदेखि नै भीड लागेको हो । साविकअनुसार बिहान ४ बजे पशुपतिनाथ मन्दिरका ढोका खोल्दा भक्तजनको भीड लागिसकेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

अहिले पनि पशुपति क्षेत्रमा पूजा, आराधना एवं दर्शनका लागि हजारौँ भक्तजन लामबद्ध छन् । पशुपतिसँगै देशभरका शिवालयमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । शिवालयमा विशेषगरी साउने सोमबारको व्रत लिने महिलाको भीड लागेको छ ।

राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवस्थानलगायत महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । यसवर्ष सौरमासअनुसार साउन १ गते सोमबार मात्र अधिकमास नपर्ने सोमबार रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *