राजनीति

प्रचण्ड परिवारवादमा यतिसम्म चुर्लुम्म किन ? (भिडियो रिपोर्टसहित)

२०८० असार २४ गते २०:४२
प्रचण्ड परिवारवादमा यतिसम्म चुर्लुम्म किन ? (भिडियो रिपोर्टसहित)

२४ असार २०८० काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा परिवार मोह अत्यधिक रहेको विगतदेखि नै आरोप लाग्दै आएको छ ।

आफू सत्तामा हुँदा सकेसम्म परिवारका सदस्यलाई कुनै न कुनै लाभका पदमा पुरार्‍याउने भएकाले प्रचण्ड परिवारवादमा लिप्त भएको आरोप लाग्ने गरेको हो । कोशी प्रदेश सरकारमा ज्वाई जीवन आचार्यलाई पुनः मन्त्री बनाएर दाहालले यो आरोपलाई फेरि पुष्टि गर्नु भएको छ ।

नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि नेपाली कांग्रेसका उद्धव थापा नेतृत्वको सरकार गठन भयो । अघिल्लो सरकारमा माओवादी केन्द्रका तर्फबाट मन्त्री रहेका जीवन आचार्यलाई सरकार ढलेर नयाँ बन्दा खासै फरक परेन । आचार्यलाई आकर्षक मानिएको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइयो ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ज्वाई हुनु नै आचार्यको पद पाइरहने योग्यता बन्यो ।
प्रचण्डले आफ्ना परिवारका सदस्य र नातागोतालाई लाभका पदमा पुर्‍याएको यो पहिलो पटक होइन् । यसअघि सरकारमा हुँदा पनि उहाँले परिवारका धेरै सदस्यलाई महत्वपूर्ण जिम्मेवारीमा पुर्‍याउनु भएको छ ।

हुन पनि २०६५ सालमा पहिलो पटक सरकारमा गएदेखि नै प्रचण्डमा परिवार प्रतिको मोह बिस्तार हुँदै गएको छ ।

प्रचण्डको परिवारबाट लाभका पदमा को को पुगे ?
नारायण दाहाल (भाइ) – पार्टी स्थायी कमिटी सदस्य तथा राष्ट्रियसभा सदस्य
रेनु दाहाल (छोरी) – भरतपुर महानरपालिका मेयर (दुई पटक) साथै पार्टी केन्द्रीय सदस्य
गंगा दाहाल (छोरी) – प्रधानमन्त्रीकी स्वकीय सचिव
बिना मगर (कान्छी बुहारी) – पूर्व सरसफाइ तथा खानेपानी मन्त्री एवंम पार्टी केन्द्रीय सदस्य
जीवन आचार्य (ज्वाई) – कोशी प्रदेशका आर्थिक मामिलामन्त्री
अर्जुन पाठक (छोरी रेनुका श्रीमान) – मेयर रेनुका स्वकीय सचिव
सागर केसी (जेठी छोरी स्वर्गीय ज्ञानु दाहालका श्रीमान) – तत्कालीन सभामुख कृष्णबहादुर महराका स्वकीय सचिव
स्व।प्रकाश दाहाल (छोरा) – पहिलो पटक प्रधानमन्त्री हुँदा स्वकीय सचिव
सृष्टि दाहाल (नातिनी) – भाृत संगठन अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय सदस्य
समीर दाहाल (भतिजा) – दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वकीय सचिव

परिवार र नातागोता मात्रै नभएर पार्टीबाट अन्यलाई जिम्मेवारी दिँदा पनि बफादारहरुलाई मात्रै अवसर दिने गरेको आरोप प्रचण्डमाथि लाग्दै आएको छ ।

पार्टीमा इमान्दार नेता कार्यकर्तालाई पाखा लगाएर परिवारका सदस्यलाई दोहोर्‍याइ तेहर्‍याइ अवसर दिँदा पार्टी भित्रैबाट समेत विरोध हुने गरेको छ । विरोध र आलोचनाले छुने भए प्रचण्डले कोशी प्रदेशमा ज्वाईलाई दोस्रो पटक मन्त्री किन बनाउनु हुन्थ्यो होला ? जबकी यो प्रदेशमा माओवादीका सांसदको संख्या १३ छ । कसैले अवसरै नपाउने कसैलाई अवसरै अवसर ? यसैलाई भन्ने होलान् समाजवाद होइन् त प्रधानमन्त्री दाहाल ज्यू ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्