राजनीति

किन उठ्यो कांग्रेस महामन्त्रीद्वयमाथि प्रश्न (भिडियो रिपोर्टसहित)

२०८० असार २४ गते २०:३८
किन उठ्यो कांग्रेस महामन्त्रीद्वयमाथि प्रश्न (भिडियो रिपोर्टसहित)

२४ असार २०८० काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेता सभापतिको निरन्तर आलोचना गरिरहेका छन् । ती मध्ये पनि महामन्त्री थापा झनै आक्रामक बनिरहनुभएको छ ।

शनिबार एक कार्यक्रममा त उहाँले संसदीय दलको नेता हुँदै प्रधानमन्त्री आफैं बन्ने आशय नै राख्नुभयो । निरन्तर पार्टी सभापतिले काम गर्न नसकेको भनेर विकल्प खोज्नुपर्ने भनिरहनुभएका थापालाई पनि प्रश्न उतिनै तेर्सिन्छ । के उही सभापतिका महामन्त्रीको विकल्प चाँही खोज्नुपर्दैन ?

यो अभिव्यक्तिले महामन्त्री थापा पार्टीका संस्थापन कि विद्रोही ? प्रश्न उठेको छ । कांग्रेसको विधानअनुसार सम्पूर्ण सांगठनिक कामको जिम्मेवारी महामन्त्रीलाई हुन्छ । अर्थात पार्टीको महामन्त्री संस्थापन बन्नुपर्ने हो । तर, आफ्नो जिम्मेवारीलाई लुकाउँदै महामन्त्री थापा सभापति देउवा गलत करार गर्दै आफुलाई विद्रोही बनाउन खोजिरहनुभएको छ । १४औँ महाधिवेशनबाट देउवा सभापति बनेपछि दुवै निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनुभयो ।

यसैलाई देउवा निकटहरुले गगनलाई प्रश्न सोधेका छन्– के निर्वाचनमा पार्टीलाई पहिलो बनाउनु देउवाको पाप हो ? कि उपनिर्वाचनमा एक ठाउँमा पराजित भएकाले सभापतिमा बसिरहन नहुने हो ? या पार्टीका केही नेताले पार्टी छोडेर नयाँ विकल्प रोजेकाले सभापतिले राजिनामा दिनुपर्ने हो ? अनि यस्तै हो भने पनि कांग्रेसको विधानको कुन बुँदामा यसरी सभापतिले राजिनामा दिएपछि महामन्त्री सभापति बन्ने प्रावधान छ ? अनि कांग्रेसमा भएको खतिको जिम्मा लिंदै राजिनामा दिनुपर्ने चाँही सभापतिले मात्रै हो ? उपसभापति, महामन्त्रीसहित अन्य पदाधिकारीको हकमा यो लागू हुन्छ कि हुँदैन ?

अझ महामन्त्री थापा त संसदीय दलको नेता बन्ने भनिरहनुभएको छ । अनि यस्तो अभिव्यक्ति दिँदा समय अर्थात् बेलाको ख्याल गर्नुपर्छ कि पर्दैन् । के अहिले संसदीय दलको चुनाव हुन लागेको हो र ? सामान्यतः संसदीय दलको पुनः निर्वाचन भएको कुनै नजिर छैन । यदि भइहाले पनि उहाँसँग बहुमत पुर्याउने कुनै आधार छैन ।

अनि सभापतिबाट देउवालाई हटाएर विशेष महाधिवेशन गर्न महामन्त्री थापासँग गणपुरक संख्या साथमा छ ? यसरी बेमौसममा यस्तो अभिव्यक्ति दिने गगनको अभिव्यक्ति सार्वजनिक खपत भन्दामाथि छैन । अर्को प्रश्न पनि उहाँको अभिव्यक्तिले सिर्जना भएको छ ।

त्यो हो–कतै महामन्त्री पार्टी छाड्दै त छैनन् ? कतै आफू निकटष्टहरुले रोजेको पार्टी जाने संकेत त गरेका होइनन् ? यी तमाम प्रश्न महामन्त्री थापाको पछिल्लो अभिव्यक्तिले उब्जाएको छ । कांग्रेसमा असफल बनिसकेका नेता गगनले आफ्नो अस्तित्व जोगाउन गरेको प्रयासले राजनीतिमा फाइदा पुर्याउँदैन । देउवासहित गगनको पनि विकल्प कांग्रेसजनले खोज्न थालिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्